विपद्को जोखिमलाई ध्यानमा राखेर काम गर्न गृहमन्त्रीको खाँणको निर्देशन « Khabarhub

विपद्को जोखिमलाई ध्यानमा राखेर काम गर्न गृहमन्त्रीको खाँणको निर्देशन


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर प्रभावकारी पूर्वतयारीका साथ काम गर्न सुरक्षा अंगलाई निर्देशन दिएका छन् । शुक्रबार नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधहरुसँग छलफल गर्दै उक्त निर्देशन दिएका हुन् ।

बैठकमा मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेहरुको उपचार र क्षति भएका भौतिक संरचना/पूर्वाधारहरुको पुनर्निर्माण पुनर्स्थापना लगायत विषयमा छलफल भएको थियो ।

दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही नवलपरासी लगायतका जिल्लाहरु डुवानमा परिरहेका छन् । हालम्म करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डेले मनसुनजन्य विपद्का कारण जोखिम रहेका मानिसहरुको प्राथमिकताका साथ उद्धार गरी सरक्षित स्थानमा राख्नु पर्ने बताए ।

त्यस्तै अविरल वर्षाका कारण अवरुद्ध भएका सडक, खानेपानी लगायत सेवाहरु तत्काल सूचारु गर्न सबै जिम्मेवार निकायहरुले समन्वयात्क रुपमा कार्य गर्नुपर्ने विषयमा जोड दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ५४ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग