पाँच लाखभन्दा बढी अफगान शरणार्थीको ब्यवस्थापन आवश्यक : राष्ट्रसंघ | Khabarhub Khabarhub

पाँच लाखभन्दा बढी अफगान शरणार्थीको ब्यवस्थापन आवश्यक : राष्ट्रसंघ


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ शरणार्थीमामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले सञ्चारकर्मीहरूसँग भनिन्, “हामी यस क्षेत्रमा लगभग पाँच लाख नयाँ शरणार्थीहरूको व्यवस्थापनका लागि तयारी गर्दैछौं । यो पक्कै पनि सुखद अवस्था होइन ।”

अफगानिस्तानमा तालिबान समूह राजधानी काबुलसमेत करिब सबै प्रान्त कब्जा गरेपछि तालिबान समूहले यस पहिले देखाएका अतिवादी क्रियाकलापका कारण अफगानिस्तानमा रहेका विदेशीका साथै स्वदेशी आम नागरिक तालिबानले गर्नसक्ने कठोर शासनको कल्पना गर्दै काबुल लगायत अफगानिस्तानका प्रमुख सहरबाट बाहिरिने क्रम जारी रहेको छ ।

यद्यपि कतिपय मुलुकले सुरक्षाको समस्या देखाउँदै उद्धारलाई स्थगित गरेका छन् ।

तालिबान समूहले भने सबै स्वदेशी तथा विदेशी अधिकारीलाई आफ्नो कारणले देश छोड्नु नपर्ने सञ्चारमाध्यममार्फत् सार्वजनिक अभिब्यक्तिहरूमा बताएको छ ।

तालिबानले अफगानिस्तानमा सरिया कानुनलाई मानेर बस्ने जोसुकैलाई पनि अफगान भूमि सुरक्षित रहेको बताउँदै आएको छ । यद्यपि उनीहरूको भनाइ र गराइमा तादम्यता भने देखिएको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : ४१ बजे

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल

काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं– नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका