चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले निधन « Khabarhub

चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले निधन


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भाषाका चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले ८० वर्षको उमेरमा निधन भएको छ ।

भदौ २ मा अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका बैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

उपचारका क्रममा निधन भएका वैद्यको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. १९९७ सालको जनै पूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा जन्मिएका वैद्यले सरासू’ कविता सङ्ग्रहका लागि २०२१ मा नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ पाएका थिए ।

विसं २०७६ मा वैद्य न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि सम्मानित भएका थिए । वैद्यको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रह  अङ्ग्रेजी भाषानुवाद भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : ५५ बजे

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९०

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि