चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले निधन « Khabarhub

चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले निधन


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भाषाका चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले ८० वर्षको उमेरमा निधन भएको छ ।

भदौ २ मा अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका बैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

उपचारका क्रममा निधन भएका वैद्यको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. १९९७ सालको जनै पूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा जन्मिएका वैद्यले सरासू’ कविता सङ्ग्रहका लागि २०२१ मा नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ पाएका थिए ।

विसं २०७६ मा वैद्य न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि सम्मानित भएका थिए । वैद्यको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रह  अङ्ग्रेजी भाषानुवाद भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : ५५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर