अनशन स्थगित गराउन कांग्रेसमा छलफल « Khabarhub

अनशन स्थगित गराउन कांग्रेसमा छलफल


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापतिबीच भएको भेटमा जिल्ला सभापतिका मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले जारी अनशन स्थगित गराउनका लागि छलफल गरिएको हो ।

अधिवेशनपूर्व क्रियाशील सदस्यतको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरुपता ल्याउन निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले रिले अनशन स्थगित गरेर निर्वाचनमा जानका लागि सुझाव दिइएको पार्टीका पूर्वमहामन्त्री सिंहले जानकारी दिए ।

“भदौ १८ मै देशभरका छ हजार ७४३ वडामा अधिवेशन सुरु गर्नु संवैधानिक बाध्यता भएकाले एकजुट भएर महाधिवेशनमा जानेबारे बैठकमा छलफल भएको छ”, उनले भने । विधि र नियमअनुसार नै निर्वाचनमा जाने माहोल बन्दै गएको पनि पूर्वमहामन्त्री सिंहले चर्चा गरे ।

बैठकमा नेतासँगै काठमाडौँका सबुज बानियाँ, नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमलालगायत जिल्लासभापतिको सहभागिता थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : १० बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका