साताको कार्टुन : ‘बा’ले घरबाट निकाले… « Khabarhub

साताको कार्टुन : ‘बा’ले घरबाट निकाले…


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठकले पुस ११ गते पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई सङ्गठित सदस्यबाट निष्काशन गर्‍यो ।

लगातार आलोचना गर्ने गरेका रावललाई पार्टी अध्यक्ष एवम्‌ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै ‘इच्छा’अनुसार हटाइएको थियो ।

पार्टीबाट निष्कासित भएपछि रावलले एमाले पार्टी ‘बामाले’मा परिणत भइसक्यो भनिदिए । एमालेजनले ओलीलाई ‘बा’ भन्ने गर्छन्‌ ।

१७ पुसमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीमाथि अनेक प्रश्न सोझ्याए । साथै, आफूलाई सोधिएको स्पष्टीकरण पत्रमा पदसमेत उल्लेख नगरी ‘ओली गुटले चरम पूर्वाग्रह र द्वेष देखाएको’ आरोप लगाए ।

जे होस्‌ – अबलाई भीम रावल एमालेमा छैनन् । तर, एमालेबाट निकालिँदाको पीडा उनका पछिल्ला अभिव्यक्तिमा पोखिने गरेको छ ।

खबरहबका लागि दीपक गौतमले ओली-रावल टकरावलाई व्यङ्ग्य गर्नेगरी बनाएको यो कार्टुन यहाँ प्रस्तुत गरेका हौँ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ३८ बजे

सरकारलले दर्जनौँ बस्ती भत्काइसकेपछि सर्वोच्चले भन्यो : सुकुम्वासीलाई तत्काल नहटाउनू

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ

दोलखाका ४ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

दोलखा- दोलखा जिल्लाका चारवटा गाउँपालिका पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

काठमाडौं- एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई

धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

धनुषा- ढल्केबर-जनकपुर सडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अष्ट्रेलियाका