दोस्रो पुस्ता पार्टीमा आए म अध्यक्ष पद हस्तान्तरण गर्न तयार छु : नेपाल « Khabarhub

दोस्रो पुस्ता पार्टीमा आए म अध्यक्ष पद हस्तान्तरण गर्न तयार छु : नेपाल


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई दोस्रो तहका नेताहरुले धोका दिएको बताएका छन् । शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश समितिद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतापन्त्रक पार्टी पनि दोस्रो पुस्ताले खोलेको दावी गरे ।

केपी ओलीको प्रवृतिबिरुद्ध कुनै नयाँ पार्टी गठन गरौं भन्दै दोस्रो पुस्ताका नेताहरुले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उनको भनाइ छ । उनले यसअघि नयाँ पार्टी खोलौ भन्ने नेताहरुले नै आफुहरुको पार्टीको बिरोध गरेको आरोप लगाए । अध्यक्ष नेपालले दोस्रो पुस्ता आफ्नो पार्टी आए आफू अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पारे ।

नेकपा (एकीकृत समाजवादी) गठन पदका लागि नभएर बिचार र सिद्धान्तका लागि गठन भएको उनले बताए । उनले बिचार मिल्ने शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे । अहिले नै कुनै पार्टीसँग एकता नगर्ने र पार्टीको आधार बलियो बनाउने उनले बताए । फरक प्रसंगमा उनले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति बिकास कोषको सदस्य सचिव बनाउन आफुले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख गरे ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ०० बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत