विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण « Khabarhub

विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५८४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६ हजार ७१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार १२६ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ३६ लाख ३३ हजार ५७३ पुगेको छ ।

यही अवधिमा ५ लाख ३५ हजार ९०३ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड ६७ लाख ४ हजार ६५७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ६४ हजार ३६५ छ । यसमध्ये १ लाख १३ हजार १४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६९ हजार १८१ जनामा संक्रमण भएको छ । यस्तै थप ६०४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ५४ हजार ३३७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ७९ हजार ५४ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ३७ हजार ८६० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : ४० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको