काबुल विस्फोटपछि अमेरिकी सैनिकको भिडियोः हामीबाट केही गल्ति भयो « Khabarhub

काबुल विस्फोटपछि अमेरिकी सैनिकको भिडियोः हामीबाट केही गल्ति भयो


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– गत बिहीबार अफगानिस्तानको राजधानी काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्लथमा भएको आत्मघाति बम आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जना मारिएपछि अमेरिकी सेना भित्रै असन्तुष्टि देखिएको छ । अफगानिस्तानमा खटिएका अमेरिकी सेनाको मरिन कप्र्सका एक कर्णेल स्टुअर्ट शेलरले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै असन्तुष्टि जनाएका छन् । उनको यो भिडियो भाइरल बनेको छ ।

उनले काबुल आक्रमणमा मारिने मध्ये एकजना आफ्ना मित्र रहेकोसमेत बताएका छन् । उनले यो घटनाको जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने बताएका छन् । तर, कसैले पनि जिम्मेवारी नलिएको भन्दै उनले असन्तुष्टि पोखेका छन् । उनले उद्धार गर्नुपर्ने सबैलाई अफगानिस्तानबाट बाहिर ननिकाल्दै अमेरिकी सेनाको नियन्त्रणमा रहेको बडगाम एयर बेस छाड्नु रणनीतिक रुपमा गल्ति रहेको बताएका छन् ।

उनले शीर्ष नेतृत्वबाट गल्ति भए पनि सो गल्तिको जिम्मेवारी लिन कोही तयार नभएको बताएका छन् । उनको यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकी सेनाले उनीमाथि कारबाही गरेको बेलायती सञ्चार माध्यम डेली मेलले जनाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गरिएको जनाइएको छ ।

अमेरिकी सेना आफ्नो २० वर्ष लामो अफगानिस्तान मिसन समाप्त पार्दै फर्किएको छ । अमेरिकी सेना यही अगस्ट ३१ सम्म पूर्णरुपमा फर्किने छ । त्यसअघि नै बडगाम एयर बेस अमेरिकी सेनाले खाली गरेको थियो । अमेरिकी सेना फर्किन थालेपछि अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ । (एजेन्सी)

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ३७ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको