कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो « Khabarhub

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीको शपथ रोकिएको छ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार बिहान ११ बजेका लागि शपथ कार्यक्रम तय गरे पनि मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि कार्यक्रम स्थगित गरिएको हो। 

सत्ता साझेदार नेकपा एमाले र नेकपाबीचको सहमतिअनुसार नेकपाले पाएका भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अझै रिक्त छन्।

नेकपा सांसद विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहे पनि पार्टीभित्र आकांक्षी बढेपछि विवाद भएको नेताहरूले बताएका छन्। 

मुख्यमन्त्री शाही नियुक्त भएको २८ दिन बितिसक्दा पनि कर्णाली मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १२ : २३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको