दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौँका प्रजिअलाई बुझाए चाबी | Khabarhub Khabarhub

दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौँका प्रजिअलाई बुझाए चाबी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले चाबी बुझाएका छन् । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई व्यवसायीहरूले तालाचाबी बुझाएका हुन् ।

यसअघि बारम्बार ध्यानआकर्षण गराउँदा पनि सरकारले रात्रीकालीन व्यवसाय र दोहोरी साँझप्रति कुनै चासो नदेखाएको भन्दै उनीहरुले सरकारलाई नै आफ्नो व्यवसायको जिम्मा लगाएका हुन ।

‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु सञ्चालनमा आए पनि रात्रीकालीन मनोरञ्जन व्यवसायमा सरकारले कुनै चासो देखाएकाले व्यवसाय र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा सरकारलाई नै सुम्पिन बाध्य भएको जारी पत्रमा उल्लेख गरिएको छ ।

व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुरको रोजगारीको ग्यारेन्टी पनि सरकारले नै लिनुपर्नै उनीहरुले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : १५ बजे

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) पार्टी

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं– सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान

सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा दिल्लीविरुद्ध कलकताको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज अक्षय तृतीया पर्व मनाइँदै : सातु र सर्वत दान गर्ने परम्परा

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय