सात प्रदेशको संरचना बदल्नुपर्छ : अध्यक्ष यादव | Khabarhub Khabarhub

सात प्रदेशको संरचना बदल्नुपर्छ : अध्यक्ष यादव


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन ।

जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले तराई र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु बनाइएको हुँदा समस्या भएको बताए । राज्य पुनः संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उनले बताए ।

‘हिन्दीमा बोल्दा पहाडका साथीहरुले, नेपालीमा बोल्दा मधेसका साथीहरुलाई भाषा बुझ्न् गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो,’ यादवले भने ।

नेपाल बहुराष्ट्रिय राष्ट्र भएको भन्दै यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनः संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनु पर्नेमा जोड दिए । ‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नुपर्छ,’ उनले भने ।

नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए । उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले भने ।

राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने यादवले बताए । केपी ओलीले दुई पटक संसद विघटन गरेर सम्बिधानमाथी ‘कू’ गरेको तर आफूहरूले त्यसलाई असफल बनाइदिएको यादवले बताए । प्रतिनिधि सभा पुनःस्थापनले गणतन्त्र संघीयता समावेशिता बचेको भन्दै यादवले थप अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले संगठन व्यापक र सुदृढ बनाउन पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताए । आउँदो चुनावमा श्रेष्ठता हासिल गर्ने कुरालाई मुख्य प्राथमिकतामा राख्न राईले कर्याकर्तालाई निर्देशन दिए । पहिचानसहितको सङ्घियता, प्रदेशहरु स्वायत्त र अधिकार सम्पन्न तथा केन्द्रको हस्ताक्षेप मुक्त बनाउने पार्टीको नीति रहेको राईले बताए । केपी ओलीको सरकार ढलेर नयाँ सरकार बनेपनि प्रतिगमन समाप्त नभएको हुँदा सतर्क भएर अघि बढ्नुपर्नेमा राईले जोड दिए ।

पार्टी नेता महेन्द्र राय यादवले महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु केपी शर्मा ओलिको प्रतिगामी कदमको मतियार बनेको र अहिले अलग भएपछि पार्टीमा समस्या नभएको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ५९ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते