उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको आशंका | Khabarhub Khabarhub

उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको आशंका


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको छ ।

उत्तर कोरियाले २००९ मै सँयुक्त राष्ट्र संघीय सो संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई उत्तर कोरियाबाट हटाएकाले उसले दिने प्रतिवेदन स्याटेलाइट तस्वीरमा निर्भर छ । एजेन्सीले उत्तर कोरियाले परमाणु हतियार बनाउन प्रयोग हुने प्लाटुनियम प्रशोधन गर्न लागेको हुन सक्ने चेतावनी दिएको छ । एजेन्सीका अनुसार २०१८ देखि कुनै हलचल नदेखिएको ५ मेगावाटको सो आणविक केन्द्रमा पछिल्ला ६ महिनायता हलचल देखिएको छ ।

दक्षिण कोरियाले पनि उत्तर कोरियाको पछिल्लो गतिविधि ननिकै खतरनाख भनेको बीबीसीले जनाएको छ । बीबीसीका सियोल संवाददाताले यंगब्यन आणविक केन्द्रमा हलचल भएको विषयमा दक्षिण कोरियामा चिन्ता बढेको उल्लेख गरेका छन् । उनले २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच यही आणविक केन्द्रलाई लिएर वार्ता भएको थियो ।

सो वार्तामा उत्तर कोरियाले सो आणविक केन्द्र ध्वस्त पार्ने त्यसको बदलामा अमेरिकाले प्रतिवबन्ध हटाउनुपर्ने सर्त राखेको थियो । तर ट्रम्ले किमको सो प्रस्ताव अस्वीकार गरेपछि हनोई वार्ता असफल भएको मानिन्छ ।

केही महिना अगाडि नै किम जोङ उनले उत्तर कोरियाले आणविक हतियार बनाउने घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । (एजेन्सी)

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : २७ बजे

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको

झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका

रानीपोखरीको बालगोपालेश्वर मन्दिर : भाइटीकाको विशेष गन्तव्य

काठमाडौं – काठमाडौंको मुटुमा अवस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन

हराउँदै तिहारको मौलिकताः अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

ढोरपाटन (बागलुङ)- तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब