उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको आशंका « Khabarhub

उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको आशंका


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको छ ।

उत्तर कोरियाले २००९ मै सँयुक्त राष्ट्र संघीय सो संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई उत्तर कोरियाबाट हटाएकाले उसले दिने प्रतिवेदन स्याटेलाइट तस्वीरमा निर्भर छ । एजेन्सीले उत्तर कोरियाले परमाणु हतियार बनाउन प्रयोग हुने प्लाटुनियम प्रशोधन गर्न लागेको हुन सक्ने चेतावनी दिएको छ । एजेन्सीका अनुसार २०१८ देखि कुनै हलचल नदेखिएको ५ मेगावाटको सो आणविक केन्द्रमा पछिल्ला ६ महिनायता हलचल देखिएको छ ।

दक्षिण कोरियाले पनि उत्तर कोरियाको पछिल्लो गतिविधि ननिकै खतरनाख भनेको बीबीसीले जनाएको छ । बीबीसीका सियोल संवाददाताले यंगब्यन आणविक केन्द्रमा हलचल भएको विषयमा दक्षिण कोरियामा चिन्ता बढेको उल्लेख गरेका छन् । उनले २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच यही आणविक केन्द्रलाई लिएर वार्ता भएको थियो ।

सो वार्तामा उत्तर कोरियाले सो आणविक केन्द्र ध्वस्त पार्ने त्यसको बदलामा अमेरिकाले प्रतिवबन्ध हटाउनुपर्ने सर्त राखेको थियो । तर ट्रम्ले किमको सो प्रस्ताव अस्वीकार गरेपछि हनोई वार्ता असफल भएको मानिन्छ ।

केही महिना अगाडि नै किम जोङ उनले उत्तर कोरियाले आणविक हतियार बनाउने घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । (एजेन्सी)

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : २७ बजे

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका

‘निर्वाचन सफल बनाउन जिल्लावासीसँग अनुरोध’

रसुवा– जिल्लास्थित जनपथ प्रहरी कार्यालयले निर्वाचन सुरक्षा सहयोगीका रूपमा सर्वसाधारणका

भ्रष्टाचार मुद्दामा थुनिएका अधिकारीलाई सर्वोच्चले पनि छोड्न मानेन

काठमाडौं- भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा थुनामा परेका

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ

राजविराज– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका

राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत

काठमाडौं– राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत