नियुफुको सद्भावना दुत बने दयाहाङ « Khabarhub

नियुफुको सद्भावना दुत बने दयाहाङ


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को सद्भावना दुत नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।

‘लोकप्रिय कलाकार÷अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवा दूत हुनु भएको सूचित गर्न पाउदाँ हामी गर्वित छौं । वहाँले फिल्म महोत्वस अवधिभर नै हाम्रा विभिन्न संस्कृतिहरुबीचको (सजीव) संवाद तथा विश्वका लागि हाम्रो परिकल्पनाहरुलाई पूर्णरुपमा साकार तुल्याउनका लागि हामीसँग मिलेर काम गर्नु हुनेछ । यस फिल्मले युरोपेली र नेपाली फिल्महरु तथा पर्यावरणीय चुनौती तथा जलवायु परिवर्तनसँग सम्बन्धित यस क्षेत्रका फिल्महरुलाई तपाईंहरू सामु ल्याउने छ,’ डेलिगेसनले जनाएको छ ।

यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर फिल्ममार्फत युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न तथा त्यसको आनन्द लिन सकिने पनि जनाएको छ । ‘फेस्टिभलको साइटमा लग इन गरे पछि सजिलोसँग फिल्ममा समावेश भएका फिल्म सजिलोसँग हेर्न सकिन्छ । हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नु हुने छ’, डेलिगेसनले जनाएको छ । फिल्महरू निशुल्क हेर्न सकिन्छ ।

दयाहाङले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा सञ्चार गर्ने बताए ।

‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुनेरैछन्, यसले झनै उत्साहित तुल्याएको छ,’ उनले भने, ‘ यो फेस्टिभल आफैंमा साँस्कृतिक आदान प्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ ।

योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु फिल्म प्रतियोगिताको विजेताको घोषणा तथा फिल्मसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठीहरू पनि सञ्चालन हुने छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ०५ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,