म्याग्दीमा वर्षाले दुई घर भत्किए « Khabarhub

म्याग्दीमा वर्षाले दुई घर भत्किए


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् ।

बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक/एक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा) र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ ।

नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताए । भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताए ।

बर्षासँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा आज बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस बर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा तीन जनाको मृत्यु, १० जना घाइते र १३४ घरमा पूर्ण क्षति भएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले पहिरो, बाढी र कटानले घरमा क्षति पुग्दा एक हजार ४०० जना घरबासविहीन भएका छन् ।

त्यस्तै १३ घरमा आंशिक, १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा परेका छन् । दुई वटा गोठमा आंशिक, २ वटामा पूर्ण क्षति र १७४ वटा पशुचौपाया मरेका छन् । बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक÷एक वटा विद्यालय भवनमा क्षति पुगेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बेनीसहित, दरबाङ, बाबियाचौर, सिञ्गा तातोपानी, भुरुङ–तातोपानी, राहुघाट, गलेश्वर क्षेत्रलाई बाढी र कटानको जोखिम क्षेत्रमा राखेको छ । अन्नपूर्ण गाउँपालिकाको धस्केखोरीया, बेनी नगरपालिकाको मसार, दूधेखोला मालिकाको रुम, धवलागिरिको लुलाङलगायतका ठाउँमा बाढीपहिरोको जोखिम छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ३० बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन