पहिरोले दुई जिल्ला जोड्ने सडक अवरुद्ध « Khabarhub

पहिरोले दुई जिल्ला जोड्ने सडक अवरुद्ध


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– केही दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ । निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध भएको हो । तनहुँको शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयवासी मर्कामा परेका छन् ।

पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारी भानुमति उक्लेर भिमाद हुँदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिकाका उपाध्यक्ष झनमाया पराजुलीले बताए। “सडक अवरुद्ध हुँदा दुई जिल्लाको जनजीवन प्रभावित भएको छ, निर्माण हुँदै गरेको सडकको धेरै ठाउँमा पहिरा खसेको छ”, उनले भने ।

गत असारको सुरुमै यो सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको थियो । झण्डै एक हप्तापछि पहिरा हटाएर सडकमा सवारी चल्न मिल्ने बनाइएको थियो । अहिले लगातार परेको अविरल वर्षाले सडक अवरुद्ध भएको पराजुलीले जानकारी दिए।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि स्याङ्जाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्ज्याङ जोड्ने यो सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो पक्की पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार १४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।

पटक–पटक पहिरोले सडकमा क्षति पुग्दा निर्माण कम्पनीले करोडौँको नोक्सानी बेहोर्नुपरेको छ । असारमा मात्रै निर्माण कम्पनीले रु एक करोडको क्षति भोगेको आयोजनाका व्यवस्थापक सन्तोष खड्काले जानकारी दिए ।

अहिले सडकमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेर बाटो पुरिएको छ । उनका अनुसार चार ठाउँमा ग्याबिन जाली र चार किलोमिटर ग्राभेल बगाएको छ । “यसपालि पनि कम्पनीलाई रु एक करोडको हाराहारीमा क्षति भएको छ, क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “विवरण सङ्कलन सकेपछि छिट्टै सडक खुलाएर सवारी चल्न मिल्ने बनाउँछौ ।” रासस

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : ४५ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने