जाग्रामसहित पूजा आराधना गरी मनाइयो श्रीकृष्ण जन्माष्टमी « Khabarhub

जाग्रामसहित पूजा आराधना गरी मनाइयो श्रीकृष्ण जन्माष्टमी


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व सोमबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा आराधना गर्ने भक्तजन पनि धेरै हुन्छन् । यस रात भजन, कीर्तन गरेर व्रर्तालु रातभर जाग्राम बस्छन् ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पूजा विधि मात्र गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : २३ बजे

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्