पाकिस्तानमा सिन्ध प्रान्त भित्रै सिंचाई पानी चोरी भएको मन्त्रीको दाबी « Khabarhub

पाकिस्तानमा सिन्ध प्रान्त भित्रै सिंचाई पानी चोरी भएको मन्त्रीको दाबी


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पकिस्तानको सिन्ध प्रान्तमा सिंचाई पानीको अभावबारे विवाद जारी  छ ।

सिन्ध प्रान्तमा सिंचाई पानीको अभाव रहेको आवाज उठिरहेको बेला अन्तर प्रान्तीय सहकार्य मन्त्री डा. फेमिदा मिर्जाले भने सिन्ध प्रान्त भित्रै पानी चोरी भइरहेको बताएकी छन् ।

सिन्ध प्रान्तमा सिंचाई पानी संकटबारे मुख्यगरी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का सांसद तथा नेताहरुले आवाज उठाइरहेका छन् । पीपीपी सांसद सयद नभिद कमरलाई जवाफ दिँदै मन्त्री फेमिदाले सिन्ध प्रान्त भित्रै पानी चोरी भएको बताएकी हुन् ।

सिन्ध प्रान्तमा पानी समस्या रहेको सत्य भएपनि कसको कारणले अभाव भएको र कसले पानी चोरी गरिरहेको छ भन्ने पत्ता लगाउनुपर्ने फेमिदाले बताइन् ।

कोत्री ब्यारेज र सुक्कुर ब्यारेजबाट पानी चोरी भइरहेको र यो पत्ता लगाउनु पर्ने फेमिदाले बताएकी छन् । सिन्ध सिंचाई मन्त्रीले उपनिर्वाचनअघि नै यी दुई ब्यारेजबाट अवैध रुपमा पानी चोरी हुन दिइरहेको फेमिदाको आरोप छ ।

यसअघि पीपीपी नेता सयद नभिद कमरले तल्लो सिन्ध क्षेत्रहरु बदिन, थत्ता, तान्डो मोहमद खान र मिरपुर खासमा चरम पानी संकट रहेको भन्दै इन्दुस रिभर सिस्टम ओथरिटीले अन्याय गरेको आरोप लगाएका थिए ।

सिन्ध प्रान्तमा सम्झौता अनुसार पानी उपलब्ध नभएको र पञ्जाब प्रान्तमा मात्रै धेरै पानी वितरण भइरहेको भन्दै आवाज उठ्ने गरेको छ ।

स्रोत द न्युज

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : १५ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी