भूकम्पपछिको पुनःनिर्माणका लागि ९० हजार क्युफिट काठ वितरण « Khabarhub

भूकम्पपछिको पुनःनिर्माणका लागि ९० हजार क्युफिट काठ वितरण


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पका कारण भत्किएका घरको पुनःनिर्माणका लागि काठमाडौं उपत्यकामा ९० हजार क्युफिट चिरान गरिएको काठ वितरण गरिएको छ ।

टिम्बर कर्पोरेशनले भूकम्पले क्षति पुगेका २ हजार ४ सय ५० घरको पुनःनिर्माणका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा ९० हजार क्युफिट चिरान काठ वितरण गरेको हो ।

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले पुनःनिर्माणका लागि माग भएअनुसार आफूहरुले काठ उपलब्ध गराइरहेको जानकारी दिए ।

‘घर पुनःनिर्माणका लागि माग भएको २ लाख ५८ हजार क्युफिट काठमध्ये ९० हजार क्युफिट काठ वितरण गरिसकेका छौं, अब १ लाख ६८ हजार क्युफिट काठ चाँडै नै उपलब्ध गराउँछौँ,’ महाप्रबन्धक लौडारीले भने ।

कर्पोरेशनले दिने भनेका बाँकी १ लाख ६८ हजार क्युफिट काठमाले भूकम्पले भत्किएका ३ हजार घरको पुनःनिर्माण हुने अपेक्षा गरिएको छ ।

२१ मा २०७२ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२’ गरेसँगै कर्पाेरेशनले विसं २०७४ जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण गर्न थालेको थियो ।

निर्देशिकाको परिच्छेद–५ को दफा ११ मा भूकम्प प्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  १ : १२ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब