मेलम्चीबाट काठमाडौँमा पानी ल्याउने कार्ययोजना, खर्च साढे २ अर्ब | Khabarhub Khabarhub

मेलम्चीबाट काठमाडौँमा पानी ल्याउने कार्ययोजना, खर्च साढे २ अर्ब



काठमाडौँ– गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍यायो । क्षति कति भयो भन्ने अझै पनि किटान गर्न सकिएको छैन । संरचनाको मर्मत कहिलेसम्ममा हुन्छ भन्ने थाहा छैन ।

यस्तो कारणले मेलम्चीको पानी काठमाडौँ आउने अनिश्चित देखिन्छ तर मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा काठमाडौँमा पानी ल्याउने कार्य योजना बनाएको छ ।

आयोजनाले कार्ययोजना खानेपानी मन्त्रालयमा पेश गरेको छ ।

कार्ययोजनामा पहिलो काम अम्बाथान क्याम्पको पुनः निर्माण रहेको छ । आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तकाअनुसार अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ । सुरुङभित्र कति गिटी र बालुवा थुप्रिएको छ भन्ने थाहा छैन ।

त्यस्तै मेलम्ची बजारस्थित मुख्य क्याम्पहरूको मर्मत तथा क्याम्पहरूमा आवश्यक खानेपानी, विद्युत, सरसफाइजस्ता सेवा सञ्चालन गर्ने योजना छ ।

पन्तका अनुसार दोस्रो कामअन्तर्गत हेडवक्र्स पुग्ने करिब साढे दुई किलोमिटर वैकल्पिक बाटो खोल्ने योजना छ । यो योजना हेलम्बु गाउँपालिका र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना छ ।

वैकल्पिक बाटो ल्याउन हेलम्बु गाउँपालिकाले सहयोग गर्नेछ । ।

‘बाटो पुगेपछि क्याम्प बनाउँछौँ । खानेपानी, विद्युत र सरसफाइको काम गर्छौं,’ पन्तले खबरहबसँग भने, ‘त्यसपछि बिग्रेका र भत्केका संरचनाहरू निर्माण र मर्मतको काम शुरू हुन्छ ।’

त्यस्तै डाइभर्सन टनेल, अडिट टनेल र हेडवर्कस्  भित्रको संरचना सफा गर्ने उनले बताए । हालसम्म पनि हेडवक्र्स डाइभर्सन टनेल पुरिएकै अवस्थामा छ ।

‘अझै पनि बालुवा, ढुङ्गा थपिने क्रम जारी छ, करिब १५ मिटर बाक्लो सतह थपिएको छ,’ पन्तले खबरहबसँग भने, ‘सफा नगरुन्जेल पुरिएको हेडवक्र्समा कति क्षति भएको छ भन्न सकिने अवस्था छैन ।’

मेलम्चीमा आएको बाढीले मोटर तर्ने चार वटा पुल बगाएको छ । ती पुल बनाउन र नदी किनारमा थुप्रिएको बालुवागिट्टी सफा गर्न नेपाली सेनासहित सडक विभागको सहायताको अपेक्षा आयोजनाले गरेको छ ।

मेलम्ची बजारबाट माथि बिजुली छैन । नयाँ पोल गाडेर बिजुली लैजानुपर्ने अवस्था छ । मनसुन नसकिएसम्म र सफा पानी नबगेसम्म आयोजनाको काम शुरू हुन सक्दैन ।

पन्तले भनाइअनुसार मनसुन सकिएसँगै यो कार्ययोजनामा काम गर्न सके आगामी आठ देखि नौ महिनासम्ममा मेलम्चीबाट काठमाडौँमा पानी पठाउन सकिन्छ । ‘वैशाख/जेठसम्म काठमाडौँमा पानी झार्न सम्भव देखेका छौँ,’ उनले भने, ‘क्षति कम भएको रहेछ भने त्यो भन्दा चाँडो पनि हुन्छ सक्छ ।’

आयोजना मर्मत गर्न बनाइएको कार्ययोजनामा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : २० बजे

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता

मन्त्रिपरिषद्को निर्णय : सहकारीको कर्जाबारे कारबाही र असुलीका लागि तीन सदस्यीय न्यायाधिकरण गठन

काठमाडौं– सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र

नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू)

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

लगातारको वर्षापछि धनगढी आसपासका क्षेत्र जलमग्न

कैलाली– गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न