अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनमा जोड « Khabarhub

अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनमा जोड


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनका लागि आफूले पहल गर्ने बताएकी छिन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले कतिपय सन्दर्भमा निर्माण भएका कानून प्रयोगमा नआएको भन्दै त्यसका लागि आफूले पहल गर्ने बताएकी हुन् ।

उपाध्यक्ष दाहालले कोरोना महामारीका कारण शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति थप समस्यामा परेकाले त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरिन् ।

संस्थाका अध्यक्ष मित्रलाल शर्माले यस क्षेत्रलाई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकरुपमा अब्बल बनाउन एक अर्कालाई सम्मान गर्दै सबै अपाङ्ग व्यक्ति एकीकृत हुनुपर्नेमा जोड दिए । महासङ्घका महासचिव राजु बस्नेतले उक्त संस्थामा सबै प्रकारका अशक्त व्यक्तिलाई आवद्ध गराउनुपर्नेमा जोड दिए ।

संस्थाका पूर्वअध्यक्ष सुशीला पौडेलले सरकारले अपाङ्ग भएका व्यक्तिलाई तेस्रो दर्जाका नागरिकको रुपमा हेरेको गुनासो गरे । कार्यक्रममा महासङ्घका छ जना पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकले सन् २०११ मा प्रकाशन गरेको अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनले विश्वका कूल जनसङ्ख्यामध्ये १० देखि १५ प्रतिशत कुनै न कुनैरुपमा अपाङ्ग रहेका छन् ।

त्यसैगरी नेपालको पछिल्लो जनगणनाअनुसार कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत व्यक्ति अपाङ्ग रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ०९ बजे

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम