अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनमा जोड | Khabarhub Khabarhub

अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनमा जोड


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनका लागि आफूले पहल गर्ने बताएकी छिन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले कतिपय सन्दर्भमा निर्माण भएका कानून प्रयोगमा नआएको भन्दै त्यसका लागि आफूले पहल गर्ने बताएकी हुन् ।

उपाध्यक्ष दाहालले कोरोना महामारीका कारण शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति थप समस्यामा परेकाले त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरिन् ।

संस्थाका अध्यक्ष मित्रलाल शर्माले यस क्षेत्रलाई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकरुपमा अब्बल बनाउन एक अर्कालाई सम्मान गर्दै सबै अपाङ्ग व्यक्ति एकीकृत हुनुपर्नेमा जोड दिए । महासङ्घका महासचिव राजु बस्नेतले उक्त संस्थामा सबै प्रकारका अशक्त व्यक्तिलाई आवद्ध गराउनुपर्नेमा जोड दिए ।

संस्थाका पूर्वअध्यक्ष सुशीला पौडेलले सरकारले अपाङ्ग भएका व्यक्तिलाई तेस्रो दर्जाका नागरिकको रुपमा हेरेको गुनासो गरे । कार्यक्रममा महासङ्घका छ जना पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकले सन् २०११ मा प्रकाशन गरेको अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनले विश्वका कूल जनसङ्ख्यामध्ये १० देखि १५ प्रतिशत कुनै न कुनैरुपमा अपाङ्ग रहेका छन् ।

त्यसैगरी नेपालको पछिल्लो जनगणनाअनुसार कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत व्यक्ति अपाङ्ग रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ०९ बजे

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको