प्रदेश २ मा सरकारमा सहभागी हुने तयारीमा नेकपा (एकीकृत समाजवादी) « Khabarhub

प्रदेश २ मा सरकारमा सहभागी हुने तयारीमा नेकपा (एकीकृत समाजवादी)


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश नम्बर २ सरकारमा सहभागी हुने तयारी गरेको छ । नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ ।

नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताए । उनीहरु प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारीमा रहेको उनले जानकारी दिए । सनाखत गराउने बेलासम्म यो सङ्ख्यामा केही थपघट हुन सक्ने उनको भनाइ छ ।

यसअघि एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई दलका नेता चयन गरेको थियो । यसरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेमा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको उहाँले जानकारी दिए । सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ ।

यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राखेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ४५ बजे

रास्वपाको उदय र दिशाहीन परराष्ट्र नीतिको निरन्तरता

विगत एक दशकभन्दा पनि लामो समयदेखि नेपालको परराष्ट्र नीति अस्थिर

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा