कतारमा कोरोना संक्रमित घट्दै, ४४ लाख डोज खोप वितरण « Khabarhub

कतारमा कोरोना संक्रमित घट्दै, ४४ लाख डोज खोप वितरण


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ ।

कतारमा सोमबार २०५ जनामा संक्रमण पुष्टी भएको थियो भने पछिल्लो २४ घण्टामा १७३ जनामा नयाँ संक्रमण भेटिएको छ ।

योसँगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३२ हजार ७४४ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा २७७ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २९ हजार ५२३ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ६१९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये २४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा ४४ लाख ३८ हजार २१० डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि नि:शुल्क रुपमा खोप लगाउँदै आएको छ ।

२५४ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने २५४ जनालाई कारबाही गरिएको जनाएको छ ।

यहाँको आन्तरिक मन्त्रालयका अनुसार २११ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, १ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ४२ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ५० बजे

बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप 

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप

सरकारका १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

काठमाडौं– वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय

लाहोरमा शिक्षण केन्द्रको छत खस्दा १४ बालबालिकाको मृत्यु, सञ्चालक पक्राउ

काठमाडौं- पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको

बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित

विराटनगर– झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली  हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी