एमाले परित्यागपछि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा | Khabarhub Khabarhub

एमाले परित्यागपछि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् ।

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री बनेका खनालले १५ दिन नवित्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

खनालले बुधवार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ ।

चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए । आफूले एमाले त्यागेको र मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई काम गर्न सहज होस भनेर राजीनामा दिएको उनले बताएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : ५९ बजे

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको