फिल्मकर्मी चेतनको नाममा प्रतिष्ठान स्थापना « Khabarhub

फिल्मकर्मी चेतनको नाममा प्रतिष्ठान स्थापना


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार, कवि तथा फिल्मकर्मी स्वर्गीय चेतन कार्कीको नाममा चेतन कार्की प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतनकी श्रीमती गंगा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा लेखक तथा अभिनेता मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा चेतन कार्कीका छोराद्वय पारस कार्की र पंकज कार्की छन् ।

प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरुमा साहित्यकार राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र कवि दिव्य गिरि छन् ।

प्रतिष्ठानले चेतनद्वारा स्थापित हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उदेश्य राखेको छ ।

वि.सं. १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतनले निर्देशन गरेको पहिलो फिल्म ‘विश्वास’ हो । त्यसपछि उनले ‘मनका आखा’, ‘भूमरी’, ‘पहिलो प्रेम’ निर्देशन गरे । चेतनले तत्कालीन प्रचारप्रसार विभागबाट वि सं २०२५ सालमा निर्माण भएको फिल्म ‘परिवर्तन’बाट स्कृप्ट लेखनको यात्रा सुरु गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : २३ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय