रातको समयमा सवारी दौडाउदै हुनुहुन्छ ? ट्राफिकले चलाउला ‘लेजर गन’ | Khabarhub Khabarhub

रातको समयमा सवारी दौडाउदै हुनुहुन्छ ? ट्राफिकले चलाउला ‘लेजर गन’


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के तपाई रातको समयमा तिब्र गतिमा सवारी साधान चलाउनुहुन्छ ? होसियार ट्राफिक प्रहरीको कारबाहीमा परिएला नि !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग सुरु गरेको छ ।

बिशेषगरि कोटेश्वर–सूर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरी तिब्र गति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ ।

दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५–४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएकोमा, अब भने रातको समयमा समेत ओभर स्पिड चेकिङ्ग गरी गति नियन्त्रण गर्नेअभियान पहिलो पटक सुरु गरेको महाशाखाले जनाएको छ ।

तिब्र गतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनले बुधबार रातिदेखी नाइट भिजन लेजर स्पीड गनको प्रयोग सुरु गरेको र यसले तिब्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा

उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गरे ।

स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

तिब्र गतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्यधिक हुने भएकोले तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : २४ बजे

एमालेले भन्यो : ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौंलगायत देशभरि भएको

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी