अफगानिस्तानबाट थप ९ जना नेपाली काठमाडौं आइपुगे, काबुलमा अझै ३४ जना उद्धारको पर्खाइमा « Khabarhub

अफगानिस्तानबाट थप ९ जना नेपाली काठमाडौं आइपुगे, काबुलमा अझै ३४ जना उद्धारको पर्खाइमा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट थप ९ जना नेपालीलाई उद्धार गरेर बुधबार काठमाडौं ल्याइएको छ । उनीहरु बुधबार बिहान कतारबाट काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिन अगाडि उनीहरुलाई अफगानिस्तानबाट उद्धार गरेर कतार पुर्याइएको थियो । उनीहरुलाई बुधबार कतार एयरको विमानबाट काठमाडौँ ल्याइएको हो ।

हालसम्म अफगानिस्तानबाट ८४७ जना नेपालीको उद्धार गरिएको परराष्ट्रले जनाएको छ ।

यस्तै अझै काबुलमा ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

मंगलबार अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फर्किएपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थल तालिबानले नियन्त्रणमा छ । अझै हजारौं विदेशी नागरिक अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । काबुल विमानस्थल तालिबानको कब्जामा गएपछि उनीहरुको उद्धार कसरी हुन्छ भन्ने विषयमा अन्योल देखिएको छ ।

नेपालीहरुको उद्धारबारे परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘अफगानिस्तानमा हाम्रो दूतावास छैन । हाम्रा नागरिकहरुको उद्धारका लागि सबै विकल्पमा हामी छलफल गरिरहेका छौंँ ।’

अमेरिकाले पनि आफ्ना केही नागरिक काबुलमै रहेको र उनीहरुको उद्धारका लागि तालिबानसँग सम्पर्कमा रहेको जनाएको छ । तर, नेपालले भने यो विषयमा केही बताएको छैन ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ६ : ०६ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज