काठमाडौँ उपत्यकाको निषेधाज्ञा अब औपचारिकतामा सीमित (यी हुन् गर्न नपाइने काम ) | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अब औपचारिकतामा सीमित (यी हुन् गर्न नपाइने काम )


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड १९ को संक्रमण रोक्नका लागि उपत्यकामा लगाइएको निषेज्ञाधा अब औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा लगभग हटाउने सरहकै निर्णय गरेको छ । आजदेखि लागु भएको परिमार्जित निषेधाज्ञामा अब सबैजसो क्षेत्र खुला भएका छन् ।

नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने छ ।

यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउन समेत आदेशमा उल्लेख गरिएको छ ।

स्वास्थ्यका मापदण्डहरु पालना नगरेमा कारबाही गर्ने जनाउँदै संक्रमण बढेको पाइएमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख छ ।

सर्वसाधारण, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र सञ्चालन गर्न पाइने छ भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गर्न पाइने छैन ।

सार्वजनिक तथा निजी निर्माणका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ स्थानीय तथा प्रशासन ऐन, २०२८ अनुसार काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले उक्त आदेश जारी गरेका हुन् ।

हेर्नुहोस् सूचना

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : २५ बजे

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर