काठमाडौँ उपत्यकाको निषेधाज्ञा अब औपचारिकतामा सीमित (यी हुन् गर्न नपाइने काम ) « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अब औपचारिकतामा सीमित (यी हुन् गर्न नपाइने काम )


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड १९ को संक्रमण रोक्नका लागि उपत्यकामा लगाइएको निषेज्ञाधा अब औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा लगभग हटाउने सरहकै निर्णय गरेको छ । आजदेखि लागु भएको परिमार्जित निषेधाज्ञामा अब सबैजसो क्षेत्र खुला भएका छन् ।

नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने छ ।

यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउन समेत आदेशमा उल्लेख गरिएको छ ।

स्वास्थ्यका मापदण्डहरु पालना नगरेमा कारबाही गर्ने जनाउँदै संक्रमण बढेको पाइएमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख छ ।

सर्वसाधारण, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र सञ्चालन गर्न पाइने छ भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गर्न पाइने छैन ।

सार्वजनिक तथा निजी निर्माणका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ स्थानीय तथा प्रशासन ऐन, २०२८ अनुसार काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले उक्त आदेश जारी गरेका हुन् ।

हेर्नुहोस् सूचना

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : २५ बजे

पेट्रोलियम पदार्थको मूल्य घट्दा अधिकांश निजी पेट्रोल पम्पहरू बन्द

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रमा घटाउँदा

कार्यान्वयनमा ल्याइयो राष्ट्रिय शैक्षिक क्यालेन्डर

काठमाडौं– सरकारले राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ । उच्च शिक्षाको

सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको