केएफसी कि केकेएफसी ? उपभोक्ता नझुक्याउ : मन्त्री खतिवडा « Khabarhub

केएफसी कि केकेएफसी ? उपभोक्ता नझुक्याउ : मन्त्री खतिवडा


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले ठूलो ब्राण्डसँग मिल्दोजुल्दो नाम राखी व्यवसाय सञ्चालन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौमा आयोजित नेपाल–इंडिया फे्रन्चआईज ईन्भेष्टमेन्ट एक्सो/कन्केलेभको उद्घाटन समारोहमा मन्त्री खतिवडाले ब्राण्ड व्यवस्थापनको लागी कानून निर्माण भइरहेको समेत जिकिर गरे । काठमाडौंमा सञ्चालन भइरहको ककेएफसी रेस्टुरेण्टलाई ईगिंत गर्दै मन्त्री खतिवडाले भने “नेपालमा ठुला ब्राण्डसंग मिल्दोजुल्दो नाम राखी धेरै कम्पनीहरुले उपोभोक्ता झुक्याउने काम गरिरहेका छन्, त्यसमा सरकारको ध्यानाकर्षण भएको छ ।”

मन्त्री खतिवडाका अनुसार बौद्धिक सम्पत्ति ऐन निर्माणको प्रक्रियामा रहेको र त्यस अन्र्तगत सबै खाले डबल मिनिङ दिने कम्पनीहरुलाई प्रतिबन्ध गरिने बताए । कार्यक्रममा नेपालका लागी भारतका राजदूत मन्जित सिंह पुरीले फेन्चआईजमा भइरहको दुई देश बिचको लगानीले नेपाल भारतको अर्थिक सम्बन्ध थप सदृढ बनाएको बताए ।

राजदूत पुरीले नेपालमा खुलेका भारतीय ब्राण्डका कम्पनीहरुले नेपाली युवाहरुमा उद्यमशीलताको विकास गरिरहेको जिकिर गरे । भारतमा नेपाली लगानीको सम्भावनालाई औल्याउदै पुरीले भने “भारतमा नेपाली पर्यटन र अन्य उत्पादनको राम्रो माग र सम्भावना छ, त्यसका लागी भारतको तर्फबाट हामी सहकार्य गर्ने सधै नै तयार छौं । ”

काठमाडौको याक एण्ड यति होटलमा बुधबारबाट शुरु भएको नेपाल–इंडिया फेन्चआईज ईन्भेष्टमेन्ट एक्सपो÷कनकलेभ दुई दिनसम्म चल्ने छ । एक्सपोमा नेपाल भारतका पचास भन्दा बढी विभिन्न क्षेत्रमा सेवा दिदै आएका किम्पनीहरुले स्टलहरु राखेका छन् । खास गरी फुड एण्ड विभिरेज, मोटर, हाउजिङ, पर्यटन, शिक्षालयसँग जोडिएका कम्पनीहरुका स्टलहरु एक्सपोमा राखिएका छन् ।

फ्रेन्चआईज के हो ?

फ्रेन्चआईजको शाब्दिक अर्थ मताधिकार हो । कुनैपनि कम्पनीले आफ्नो वस्तु वा सेवा वितरण गर्न अर्को कम्पनीलाई दिने विषेशअधिकार फ्रेन्चआईज हो । फ्रेन्चआईज लिने कम्पनीले फेन्चआईज दिने कम्पनीलाई मासिक वा वार्षिक रुपमा सर्तअनुसारको रकम बुझाउनु पर्ने हुन्छ ।

जसबापत फ्रेन्चआईज लिने कम्पनीले फ्रेन्चआईज दिने कम्पनीको ब्राण्ड र सेवाहरु प्रयोग गर्न पाउदछन् । जस्तै: केएफसी नामले विश्वको विभन्न देशमा खोलिएका रेष्टुरेष्टहरु फ्रेन्चआईज प्राप्त रेष्टुरेन्टहरु हुन् । त्यस्तै मनोरञ्जनको क्षेत्रमा पनि अहिले फ्रेन्चआईजको व्यापक प्रयोग भएको पाइन्छ ।

को बन्छ करोडपति, नेपाल आईडल, भोईस अफ नेपाल, नेपालमा फ्रेन्चआईज प्राप्त केही कम्पनीहरु हुन् । फ्रेन्चआईज शुल्क बुझाएबापत फेन्चआईज प्रदायक कम्पनीले वस्तु र सेवाको गुणस्थरका लागी विशेष किसिमका टे«निङ दिने गर्दछन् र निरीक्षण समेत गर्ने गर्दछन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ४ : ०० बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर