मेद्भेदेभ र सबलेन्का यूएस ओपनको तेस्रो चरणमा « Khabarhub

मेद्भेदेभ र सबलेन्का यूएस ओपनको तेस्रो चरणमा


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– रुसका ड्यानिएल मेद्भेदेभ र एण्ड्रि रुब्लेभ, ग्रिसका स्टेफेनोस सितसिपास, वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

जर्मनीका डोमिनिक कोउफरलाई ६–४, ६–१ र ६–२ ले पराजित गर्दै दोस्रो वरियाताका मेद्भेदेभले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

अर्को खेलमा फ्रान्सका एड्रिअन मान्नारिनोलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो वरियाताका सितसिपासले पनि अघिल्लो चरणमा स्थान बनाए ।

पाँचौ वरियाताका रुब्लेभले भने झण्डै तीन घण्टा लामो खेलमा स्पेनका पेद्रो मार्टिनेजलाई ७–६, ६–७, ६–१ र ६–१ ले पराजित गरे ।

अन्य खेलमा विजयी हुँदै अर्जेन्टिनाका डिएगो स्वाट्जरम्यान, क्यानाडाका फेलिक्स औगर आलिआसिमे, स्पेनमा रोबेट्रो बाउष्टिटा, बेलायतका ड्यानिएल एभान्स र अमेरिकाका फ्रान्सेस टिओफीले पनि तेस्रो चरणमा स्थान पक्का गरेका छन् ।

आठौं वरियाताका कास्पर रुद, १५ औं वरियाताका ग्रिगोर दिमित्रोभ र १६ औं वरियाताका क्रिष्टिअन गारिन भने दोस्रो चरणमै रोकिएका छन्।

महिला एकलतर्फको खेलमा दोस्रो वरियाताकी एरिना सबलेन्काले स्लोभानियाकी तामारा जिदान्सेकलाई ५९ मिनेटमा पाखा लगाइन् ।

सर्वियाकी ओल्गा डानिलोभिकले वाकओभर दिएपछि तेस्रो वरियाताकी नाओमी ओसाकाले सिधैं तेस्रो चरणमा स्थान बनाइन् ।

चेक रिपब्लिककी बारबोरा रेज्सिकोभाले अमेरिकाकी क्रिष्टिना मेकहाललाई सोझो सेटमा पाखा लगाउँदा स्पेनकी गार्विन मुगुरुजाले जर्मनी एण्ड्रिया पेट्कोभिकलाई ६–४ र ६–२ ले पराजित गरिन् ।

रोमानियाकी सिमोना हेलेप, बेलारुसकी भिक्टोरिया अजरेन्का र एलिज मार्टेन्स, ट्युनिसियाकी ओन्स जाबेउर, रुसकी डारिया कासाट्कीनाले पनि आ–आफ्ना खेलमा जित हात पार्दै तेस्रो चरणमा स्थान बनाएका छन् ।

अमेरिकाकी कोरी गौफ भने आफ्नै देशकी स्लोएन स्टेफेन्ससँग सोझो सेटमा पराजित भइन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : १९ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न