आज अजा एकादशी, यस्तो छ कथा र महात्म्य « Khabarhub

आज अजा एकादशी, यस्तो छ कथा र महात्म्य


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिनाको कृष्ण पक्षको एघारौं दिन एकादशी तिथि । भाद्र महिनाको कृष्ण पक्षको एकादशीलाई अजा एकादशी भनिन्छ । यस दिनलाई नेपाल अथवा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीले व्रत तथा पर्वको रूपमा मनाउने गर्दछन् ।

यस एकादशीलाई अन्य एकादशी सरह व्रत गर्नुपर्ने नियम र विधि छ । यस दिन भगवान श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गर्ने चलन छ । श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो । जहाँ विष्णु स्वयम्ले आफ्नो दैवीय शक्तिसहित उपस्थित भई यज्ञयागादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन् ।

यो दिन शुद्द चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दुः खबाट उद्धार दिन्छन र यस एकादशीको कथा श्रवणमात्रले अश्वमेध यज्ञको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ ।

अजा एकादशीको व्रत कथा
कुन्ती पुत्र युधिष्ठिरले मधुसूदनलाई भन्न लागे– हे भगवान, भाद्रपद कृष्ण एकादशीका नाम के हो ? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरेर मलाई बताउनुहोस् । युधिष्ठिरको कुरा सुनि मधुसूदन भन्न लागे – हे युधिष्ठिर यस एकादशीको नाम अजा एकादशी हो । यो सबै प्रकारका पापहरूको नाश गर्ने एकादशी हो । जो मनुष्य यस दिन भगवान ऋषिकेशको पूजा गर्दछ उसलाई वैकुण्ठको प्राप्ति अवश्य हुन्छ ।

मधुसूदनले भने ए युधिष्ठिर, प्राचीनकालमा हरिशचन्द्र नामक एक चक्रवर्ती राजा राज्य गर्दथे । उनले कुनै कर्मको वशीभूत भयर आफ्नो सारा राज्य र धन त्यागिदिए । साथै आफ्शी पत्नी, पुत्र तथा स्वयंलाई बेचिदिए । ति राजा चण्डालको दास बनेर सत्यलाई धारण गर्दै मृतहरूका वस्त्र ग्रहण गर्दैरहे । तर कुनै प्रकारबाट सत्यसँग विचलित भएनन् ।

कैयों पटक राजा चिन्ताको सागरमा डुबेर आफ्नो मनमा विचार गर्न लाग्थे कि म कहाँ जाउँ, के गरूँ, जसबाट मेरो उद्धार होस् । यस प्रकार राजाका कैयों वर्ष बीते । एक दिन राजा यसै चिन्तामा बसेका बेला गौतम ऋषि आए । राजाले उनलाई देखेर प्रणाम गरे र आफ्नो सबै दुःखले भरीएको कहानी भनेर सुनाए । यो कुरा सुनेर गौतम ऋषि भन्न लागे – राजन तिम्रो भाग्यले आज भन्दा ७ दिन पछि भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशी आउनेछ, तिमी विधिपूर्वक त्यसको व्रत गर । तिम्रो उद्धार हुनेछ ।

गौतम ऋषिले भने यस व्रतको पुण्य प्रभावले तिम्रा समस्त पाप नष्ट हुनेछन् । यस प्रकार राजालाई अर्ति दिएरस गौतम ऋषि उसै समय अन्तध्यान भए । राजाले उनले भने अनुसार एकादशी आएको बेला विधिपूर्वक व्रत र जागरण गरे । त्यो व्रतका प्रभावले राजाका समस्त पाप नष्ट भए । सोहि बेला स्वर्गमा बाजा बज्न लागे र पुष्पहरूको वर्षा हुन लाग्यो । उनले आफ्नो मृतक पुत्रलाई जीवित र आफ्नी पत्नीलाई वस्त्र तथा आभूषणहरूले युक्त देखे ।

व्रतको प्रभावले राजालाई पुनः राज्य प्राप्त भयो । अन्तमा उनी आफ्ना परिवार सहित स्वर्गमा गए । मधुसूदनले युधिष्ठिरलाई भने, हे राजन यो सबै अजा एकादशीका प्रभावले नै भयो । अतः जो मनुष्य यत्नका साथ विधिपूर्वक यस व्रतलाई गरेर रात्रि जागरण गर्दछन्, उनका समस्त पाप नष्ट भएर अन्तमा स्वर्गलोकलाई प्राप्त गर्दछन् । यस एकादशीको कथा श्रवणमात्रले अश्वमेध यज्ञको फल प्राप्त हुन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ४६ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,