कांग्रेसको १४ औँ महाधिवेशन ‘उत्सव’ का रुपमा आयो: डा. शेखर कोइराला « Khabarhub

कांग्रेसको १४ औँ महाधिवेशन ‘उत्सव’ का रुपमा आयो: डा. शेखर कोइराला


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेश उत्सवका रुपमा आएको बताएका छन् ।

उनले आज एक अपील जारी गर्दै विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कांग्रेसको १४ औँ महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन । महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ ।’

महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको बताउँदै उनले चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ सबैले गम्भीरतापूर्वक मनन् गर्नु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘विभिन्न कारणले गर्दा कांग्रेसको महाधिवेशन समयमा सम्पन्न हुन सकेन । अन्यथा, हामी यतिखेर आमनिर्वाचनको तयारीमा जुटिरहेका हुन्थ्यौं । कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन, म कसैलाई दोष दिन चाहन्न । यतिमात्र भन्छु कांग्रेसको महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सवैको हो, कांग्रेसजनको हो ।’

नेता कोइरालाले जारी गरेको अपील पढ्नुहोस्

प्रिय साथीहरु,
नेपाली कांग्रेसको चौधौं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको छ । कांग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरु चयन गर्न गइरहेका छौं । यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।

साथीहरु,
कांग्रेसको चौधौं महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ ।

महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।

विभिन्न कारणले गर्दा कांग्रेसको महाधिवेशन समयमा सम्पन्न हुन सकेन । अन्यथा, हामी यतिखेर आमनिर्वाचनको तयारीमा जुटिरहेका हुन्थ्यौं ।

कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन, म कसैलाई दोष दिन चाहन्न । यतिमात्र भन्छु कांग्रेसको महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सवैको हो, कांग्रेसजनको हो ।

कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन । यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सवै महाधिवेशनमा सरिक हुनुपर्नेछ ।आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ । यसले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ ।

साथीहरु,
पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय हुनसक्छ । स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्नेछ ।

हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ । कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको चौधौं महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।

चौधौं महाधिवेशनमा हामी हाम्रा श्रद्धेय नेताहरु,लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने ती शहिदहरु, द्वन्द्व पीडित साथै संघर्षको प्रत्येक मोर्चामा संलग्न भएका साथीहरुको गरिमा र भावना अनुरुप आफूलाई प्रस्तुत गर्नुपर्ने जिम्मेवारी छ । हाम्रो सामान्य गल्ती र कमजोरीले पनि हामी कांग्रेसको इतिहास प्रति न्याय गर्न सक्दैनौं,भविष्यका पुस्ताको लागि कांग्रेस असान्दर्भिक हुनसक्छ ।

अन्त्यमा,
कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको छ । पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने छैन । यस कार्यमा खटिएका सवैलाई सहयोग गर्नुपर्ने दायित्व पनि हामी सबै कांग्रेस कार्यकर्ताहरुको हो । अवको झण्डै सय दिन मुलुकको राजनीति कांग्रेसको महाधिवेशनतर्फ सोझिनेछ । मुलुकवासी मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि हाम्रा मित्रराष्ट्रहरुले हामी तर्फ हेर्नेछन ।

राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा हामी सवैको मन जित्न सक्षम हुन सकौं, र अहिले प्रारम्भ भएको कांग्रेसको महाधिवेशनलाई सफल पारौं। जय नेपाल ।

तपाईंको
डा शेखर कोइराला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१८ भाद्र २०७८

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ५४ बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको