कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग | Khabarhub Khabarhub

कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाए ।

उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन् । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उनका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताए । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने जनाएको छ ।

बच्ने उपाय

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : ५५ बजे

हिमाली गाउँमा जातीय विभेद र बालविवाह रोक्न धर्मगुरु परिचालन, टोलटोलमा जागरण अभियान

धनगढी- विकासको लहरसँगै पछिल्लो समय दुर्गम गाउँमा पनि विद्यालय बने

मधेस बजेट : शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेसमा गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड विनियोजन   

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेस बजेट : महोतरीमा मधेस सांस्कृतिक ग्राम खोल्ने 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेसमा श्रम तथा यातायात मन्त्रालयलाई ५७ करोड १४ लाख ५० हजार 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३