आजदेखि मनकामना केबुलकार चल्ने | Khabarhub Khabarhub

आजदेखि मनकामना केबुलकार चल्ने


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आजदेखि सञ्चालनमा आउने भएको छ ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।

उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।

भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : १५ बजे

लहानमा आमा र छोरा मृत फेला

सिरहा – लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा

बेलायतमा तापक्रम तीव्र वृद्धि

एजेन्सी – बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक

जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह

काठमाडौं– पाकिस्तानको मानव अधिकार आयोगले त्यहाँको सरकारलाई जबरजस्ती बेपत्ता पार्ने

कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

काँक्रेविहार – आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।