आधुनिक अष्ट्रेलियाका सफल पूर्व प्रधानमन्त्री हकको निधन « Khabarhub

आधुनिक अष्ट्रेलियाका सफल पूर्व प्रधानमन्त्री हकको निधन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– आधुनिक अष्ट्रेलियाका सबैभन्दा सफल मानिएका पूर्व प्रधानमन्त्री बब हकको निधन भएको छ । सन् १९८० को दशकमा अष्ट्रेलियाको राजनीतिमा मुख्य भूमिकामा रहेका हकका ८९ वर्षको उमेरमा निधन भएको हो ।

निकै लामो समयदेखि बिमारी रहेका उनले घरमै शान्तिपूर्वक देह त्याग गरेको उनको पारिवारिक श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई दोश्रो विश्वयुद्धपछि अष्ट्रेलियाका सबैभन्दा महत्वपूर्ण राजनीतिज्ञको रुपमा लिने गरिन्छ । उनले सन् १९८३ देखि सन् १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

मध्य–बामपन्थी लेबर पार्टीका नेताका रुपमा उनले सबैभन्दा लामो समय प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने जस दिने गरिन्छ । उनले अष्ट्रेलियाको बजार सुधारीकरण तथा अष्ट्रेलियन डलरलाई चलायमान बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी क्रिकेट खेलका पारखी समेत थिए । उनले दक्षिण अफ्रिकाको अपारताइड रंगभेदी सरकारको तीब्र आलोचक समेत रहेका उनले अन्टार्कटिकामा खानी सञ्चालन गर्न प्रतिबन्ध गर्ने अभियानमा समेत सक्रिय रुपमा सहभागि रहँदै आएका थिए । उनकै नेतृत्वमा अष्ट्रेलियामा १९८४ मा स्वास्थ्य सेवामा मेडिकेयर नामक कार्यक्रम अघि सारेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : ५२ बजे

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

देवचुली चोकमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या

दैलेख – दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली