आफ्नै विवाहमा बेहोस भएका थिए ऋषि | Khabarhub Khabarhub

आफ्नै विवाहमा बेहोस भएका थिए ऋषि


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता ऋषि कपुरको आज ६६ औं जन्मजयन्ती हो । उनी उनको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा मुम्बईमा भएको थियो । उनलाई प्रेमले सबैले ‘चिन्टु’ भनेर बोलाउथे । उनले आफ्नो फिल्मी करियरको सुरुवात १८ वर्षको उमेरमा बाल कलाकारको रुपमा गरेका थिए ।

ऋषिले अभिनेत्री नीतू सिंहसँग विवाह गरेका हुन् । उनीहरुको निकटता सन् १९७४ मा फिल्म ‘जहरीला इन्सान’को सेटमा भएको भेटपछि बढेको हो । ऋषि नीतूलाई निकै तनाव दिने गर्दथे । यहीकारण सुटिङ सेटमा उनीहरुको कैयौंपटक झगडा परेको थियो । तर केही समयमा यो झगडा प्रेममा परिवर्तन भयो ।

निर्माता तथा निर्देशक यश चोपडाले फिल्म ‘कभी–कभी’मा ऋषिको अपोजिटमा नीतूलाई कास्ट गरेका थिए । यही फिल्मपछि उनीहरुको अफेयर सुरु भएको थियो ।

दुवैको प्रेमको चर्चा कपूर खानदानसम्म पुगेको थियो । राज कपूरले पनि ऋषिलाई विवाह गर्ने हो भने नीतूसँग गर्नु भनेर स्वीकृति दिएका थिए । दुवैको विवाहको दिन एक रोचक किस्सा भएको थियो ।

विवाहको दिन नीतूले लगाएको लेहंगा यति ठूलो थियो कि त्यसलाई सम्हाल्न नसकेर उनी बेहोस् नै भएकी थिइन् । नीतू बेहोस् भएपछि उनलाई हेर्न वरपरका मानिसको भीड लागेपछि त्यो भीड देखेर ऋषि पनि बेहोस भए । उनी घोडा चढ्नुअघि लड्न खोजिरहेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ५२ बजे

कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : राजेन्द्र महतो

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि

कोशीका मुख्यमन्त्रीसँग भौतिक मन्त्रीको टकराव, संघबाट गएका सचिवले २० दिनदेखि हाजिर गर्न पाएनन्

काठमाडौँ- संघीय सरकारको गत साउन २६ गतेको निर्णयअनुसार कोशी प्रदेशको

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो 

काठमाडौं– पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको छ

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध

दार्चुला– चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा तीन सातादेखि सञ्चार

१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ