नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षा | Khabarhub Khabarhub

नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट–नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र समितिको समन्वयमा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भइरहेको हालको अवस्थामा दुवै मात्रा खोप लगाउन पाएपछि सुरक्षित महसुस भएको ब्यावसायी बताउँछन् ।

“कोरोना सङ्क्रमणदर घटिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउँदा सुरक्षित महसुस गरेका छौँ, अब पर्यटन तङ्ग्रेला कि”, समितिका सचिव एवं माउण्ट एभरेष्ट होटलका सञ्चालक प्रदीपजङ्ग अधिकारीले भने ।

उनका अनुसार होटल व्यवसायीसँगै नगरकोटका किराना पसल तथा तरकारी व्यवसायीसमेतलाई कोरोनाविरुद्धको खोप लगाएपछि नगरकोट ‘सुरक्षित छ’ भन्ने सन्देश दिन थालिएको छ । पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमणको जोखिमकाबीच न्यून कर्मचारी/मजदूर स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ सञ्चालन हुँदै आएका होटलमा आन्तरिक पर्यटक बढ्दै गएको मेरिल्याण्ड होटलका सञ्चालक गोकुल लामिछानेले बताए ।

उनले भने, “हाल शुक्रबार र बिदाको दिन पर्यटकको आगमन राम्रै छ, केही आवासीय तालिम कार्यक्रम हुन थालेका छन्, कोरोना घट्दै गएकाले बाह्य पर्यटक पनि आउलान् कि ! ” उनका अनुसार बिदामा आउने पर्यटक र फट्टाफुट्ट हुने तालिम कार्यक्रमले जेनतेन होटल खर्च धानेको छ ।

नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन् । नगरकोटमा सानाठूला गरी १०० होटल छन् । यसमध्ये केहीमात्रै ‘फो–स्टार र थ्री–स्टार’का छन् । नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा रहेका छन् भने उही सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको समितिका अध्यक्ष एवं भङ्गेरी दरबार होटलका सञ्चालक नवीन गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार नगरकोटमा पर्यटनका थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमाक्षेत्रमा पर्ने नगरकोटको मुख्यचोक भट्टेडाँडामा बसपार्क निर्माणाधीन अस्वथामा रहेको छ भने पर्यटकीय सूचना केन्द्र तथा ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण थालिएको छ ।

साथै टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनेपा नपा–२ मा हिले जलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जीपलाइन र हाइकिङ–ट्रेल निर्माण गरिने योजना बनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १२ : ३३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार