फिलिपिन्सले क्यानाडाबाट राजदूत फिर्ता बोलायो « Khabarhub

फिलिपिन्सले क्यानाडाबाट राजदूत फिर्ता बोलायो


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– फिलिपिन्सले क्यानाडाबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । फोहोरको विषयमा विवाद बढ्दै गएपछि फिलिपिन्सले क्यानडाबाट राजदूत नै फिर्ता बोलाएको हो ।

फिलिपिन्सको विदेशमन्त्रालयका अनुसार क्यानाडाले सन् २०१३ र २०१४ मा फिलिपिन्समा ल्याएर थुपारेको ९ सय टन फोहोर फिर्ता नगरेपछि क्यानाडाबाट आफ्ना राजदूत नै फिर्ता बोलाउनु परेको जनाएको हो । यसअघि फिलिपिन्सले क्यानाडालाई फोहोर फिर्ता गर्न मे १५ सम्मको सीमा दिएको बताइएको छ । यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फोहोरका विषयमा क्यानाडासँग युद्ध नै लड्ने चेतावनी दिएका थिए । यता फिलिपिन्सको राजधानी मनिलास्थित क्यानाडाको राजदूतावासले फोहारको समस्या समाधानका लागि काम भइरहेको जनाएको छ ।

क्यानाडाको एक निजि कम्पनीले सन् २०१३ र २०१४ को अवधिमा १ सय ३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : ०१ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध