विदेशी लगानीका आयोजनाबारे नकरात्मक टिप्पणी गर्नेमाथि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी | Khabarhub Khabarhub

विदेशी लगानीका आयोजनाबारे नकरात्मक टिप्पणी गर्नेमाथि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी लगानीका आयोजना, ती आयोजनामा कार्यरत विदेशी नागरिकलगायतबारे नकरात्मक टिप्पणी गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाबारे, ती आयोजनामा कार्यरत विदेशी नागरिकबारे र उनीहरुको सम्पत्तिबारे धम्की आएको भन्दै त्यस्ता गतिविधि गर्नेमाथि कारबाही गरिने बताएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयमा असुरक्षा आउने र मित्र राष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ ।’

मन्त्रालयले त्यस्ता गतिविधि गर्नेमाथि निगरानी भइरहेकोसमेत बताएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : ५५ बजे

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

बैङ्कक– सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक

मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ

सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग

सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

मनिला– यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने