वडामै छेकिए कांग्रेसका जिल्लास्तरका नेता « Khabarhub

वडामै छेकिए कांग्रेसका जिल्लास्तरका नेता


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा खोटाङमा जिल्लास्तरका नेता तथा निर्वाचित जनप्रतिनिधिसमेत क्षेत्रीय प्रतिनिधि चयन हुन सकेनन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत जिल्लाको ७९ वडामा शुक्रबार र शनिबार भएको अधिवेशनका क्रममा मतदान भएका वडामा कतिपय जिल्लास्तरका नेता तथा निर्वाचित जनप्रतिनिधि क्षेत्रीय प्रतिनिधि चयन हुनबाट छेकिएका हुन् ।

कांग्रेसको उपल्लो पदमा लड्न वडाबाट क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा वडा अधिवेसनमा घम्साघम्सी पर्ने गरेको छ ।

जन्तेढुंगा गाउँपालिकाबाट कांग्रेसका पूर्वमहासमिति सदस्य एवं पूर्वपार्टी सचिव महेन्द्र कटुवाल, जिल्ला समिति सदस्य देवराज बस्नेत र देवेन्द्र बस्नेत, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट जिल्ला सदस्य सरन राई, पूर्व जिल्ला सदस्य पञ्चुकुमार राई, जिल्ला सदस्य ललिता राउत, दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका वडाध्यक्ष गणेश अधिकारी, ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडा सदस्य जयनन्द तामाङ र नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष नइन्द्र राई वडामै छेकिएका हुन् ।

हाल काठमाडौंमा रहेका कटुवालले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारीका लागि आफ्नो प्रतिनिधिमार्फत गाउँपालिकामा वारेस पठाएका थिए । उनी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडा सदस्य पनि हुन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपाध्यक्ष राईले भने चुनावी प्रक्रियाका क्रममा उम्मेदवारी फिर्ता लिएको कांग्रेसले जनाएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : १२ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा