नेकपा (एकीकृत समाजवादी)ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज  « Khabarhub

नेकपा (एकीकृत समाजवादी)ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज 


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्ज तोकेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य दीलु पन्तका अनुसार सुदूरपश्चिममा इञ्चार्ज पछि तय गरिनेछ । उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी अदालत र निर्वाचनसम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

त्यस्तै दस्तावेज मस्यौदा कमिटीमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्य छन् । दैनिक कार्य सञ्चालनका लागि डा बेदुराम भुसालको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ ।

यसअघि गठन गरिएको स्थायी कमिटीमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा बेदुराम भुसाल र प्रमेश हमाल छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १० : ५९ बजे

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।