कांग्रेस मकवानपुरको अधिवेशन : ८९ वटा वडा निर्विरोध, १३ वडामा चुनाव « Khabarhub

कांग्रेस मकवानपुरको अधिवेशन : ८९ वटा वडा निर्विरोध, १३ वडामा चुनाव


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबार सुरु भएको अधिवेशन  सोमबार सकिएको हो ।

पार्टी प्रवक्ता प्रदीप कोइरालाकाअनुसार कांग्रेसले ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने १३ वटा वडामा चुनाव भएको छ ।

वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन्।

समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ । पार्टी प्रवक्ता कोइरालाकाअनुसार विभिन्न जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिमलगायतको प्रतिनिधि निर्वाचित गरेको छ ।

अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिसकेको छ । मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तीमा १६ देखि ५० जना चयन गरेको छ ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन १८(२३ भदौभित्रमा गर्न निर्देशन दिएबमोजिम मकवानपुरमा आइतबारका लागि तोकिएको थियो । न्यूज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : ३९ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी