सैनिक सेवाबाट बिदा भए प्रधानसेनापति थापा « Khabarhub

सैनिक सेवाबाट बिदा भए प्रधानसेनापति थापा


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिएपछि सैनिक सेवाबाट बिदा लिएका छन् । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जीवनबाट आइतबार बिदा भएका हुन् ।

सेनाको मुख्यालय जंगीअड्डामा आइतबार महारथी थापाको बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको क्रममा सेनालाई भरोसा योग्य संगठन बनाएको भन्दै बधाइ दिए ।

कार्यक्रममा कामु प्रधानसेनापति रथी प्रभुराम शर्माले थापाको ३ वर्षे प्रधानसेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको बताए ।

थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् । उनले यही भदौ २४ गतेबाट प्रधानसेनापतिको पदभार सम्हाल्ने छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : २० बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः