सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खोजेको भन्दै कांग्रेस नेता सिंहको आपत्ति « Khabarhub

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खोजेको भन्दै कांग्रेस नेता सिंहको आपत्ति


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । देउवा सरकारले मित्रराष्ट्रका प्रधानमन्त्री तथा विदेशी लगानीका आयोजनाका प्रतिनिधिको विरोध गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएपछि कांग्रेस नेता सिंहले आपत्ति प्रकट गरेका हुन् । नेता सिंहले आफ्नै दल नेतृत्वको सरकारको आलोचना गरेका हुन् ।

नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन खोजे को होकी भनेर नागरिक स्थरमा आलोचना सुरु भएको बताउँदै सरकार यो विषयमा गम्भिर हुनुपर्ने बताएक छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौँमा सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता सिंहले स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता विषयमा सोचेरमात्र सरकारले कदम चाल्नुपर्ने बताए ।

उनले गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपतिजनक भएको टिप्पणी गरे । उनले भने ‘सरकारले जनताको दुःखमा साथ दिनु पर्दछ । सँधै जनाताको पक्षमा हुनुपर्दछ,’ उनले भने, ‘गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपति जनक छ । यसमा सरकार सच्चिनु पर्दछ ।’

नेता सिंहले राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली काग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देश र लोकतन्त्रका लागि कांग्रेस मजबुत हुनुपर्ने धारण राखे ।

नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरे पनि नतिजा राम्रो लिन नसक्ने उनको भनाइ छ । उनले समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए । १३ औं महाधिवेशशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धती पनि कमजोर भएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : ०२ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः