ओलीको आरोप : ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा तुइनबाट मान्छे मर्नुपर्‍यो « Khabarhub

ओलीको आरोप : ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा तुइनबाट मान्छे मर्नुपर्‍यो

सभामुख सापकोटा एमाले विरुद्धको प्यादा भएको टिप्पणी


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका मान्छेले काम नगर्दा महाकालीमा तुइनबाट खसेर नेपाली नागरिक मारिएको आरोप लगाएका छन् ।

युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइन विस्थापन अभियान अन्तर्गत तुइन काटेर मान्छे मारिएको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागिसकेको, ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा दुर्घटना हुन पुगेको आरोप लगाए । ‘कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छ । ठेक्का कांग्रेसको भागमा पर्‍यो, काम नगरिदने, मान्छे मारिदिने’, ओलीले भने ।

दार्चुलामा तुइनबाट खसेर व्यास गाउँपालिकाका जयसिंह धामी महिना दिनअघिदेखि बेपत्ता छन् । उनी खसेको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागे पनि काम भने अघि बढेको छैन ।
यस्तै ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् । माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अध्यक्ष ओलीले युवा संघको भेलामा सभामुखमाथि आक्रोश पोखेका हुन् । उनले कारवाहीको सूचना भित्तामा टाँस्ने कर्तव्य पूरा नगरेर सभामुखले जालझेल र फटाइँ गरेको आरोप लगाए ।

‘सभामुख हो कि कुनै पार्टीको कार्यकर्ताको हो ? कि गठबन्धनको मतियार हो ? कि एमालेविरुद्ध काम गर्ने मोहरा हो ? के हो तपाईं ?,’ ओलीले प्रश्न गरे । प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्रको भागिदार, अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह नभएको र त्यही भएर सभामुखबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो ।

ओलीले फेरि प्रश्न गरे, ‘अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?’

उनले पुनर्स्थापनापछि संसद सुरु हुँदा यो अधिनायकको पराजय हो भनेर सभामुखबाट राजनीतिक लान्छना लगाएको भन्दै असन्तुष्टि जनाए । ‘कुनै मूल्य, नैतिकता छैन । कस्तो मान्छे सभामुख भएछ रु यत्रो व्यवस्था लडिएर ल्याएछ । हेर्नुस् त कस्ताकस्ता मान्छे छन् टुप्पोमा ? यो परिस्थितिमा परिवर्तन ल्याउन युवाले भूमिका खेल्नुपर्छु,’ उनले भने ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ३५ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार