संखुवासभा हत्या प्रकरण :  धरानबाट गएको प्रहरी टोलीले थाल्यो अनुसन्धान | Khabarhub Khabarhub

संखुवासभा हत्या प्रकरण :  धरानबाट गएको प्रहरी टोलीले थाल्यो अनुसन्धान


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको धरानबाट गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा सोमबार राति घटनास्थल पुगेको टोलीले आज अनुसन्धान थालेको हो ।

सोमबार राति भारी वर्षा भएकाले कुकुरको प्रयोग प्रभावकारी नहुने ठानिएको छ । शव यत्रतत्र छरिएकाले लखेटीलखेटी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

दाहालको नेतृत्वमा टोलीमा रिजनल इन्भेस्टिकेसन टिम र तालिम प्राप्त ट्रयाकर डग पिकु र लैलालाई पनि लगेको छ । आजै घटनास्थलको अनुसन्धान सकेर शव उठाउने तयारी प्रहरीको छ ।

सोमबार बिहान मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।

 

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : २५ बजे

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट सेवा केन्द्र

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट