आलियाको प्रतिभासँग कुणालको यस्तो रिस | Khabarhub Khabarhub

आलियाको प्रतिभासँग कुणालको यस्तो रिस


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म निर्देशक करण जोहारको शो ‘कफी विद करण’ जहिल्यै कुनै न कुनै कारणले चर्चामा रहिरहन्छ । शोमा करण पाहुनालाई उतपट्याङ प्रश्न सोध्छन्, जसको जवाफ दिएर सेलिब्रेटी विवादमा तानिन्छन् ।

करण जानेर बुझेरै यस्ता उतपट्याङ प्रश्न सोध्छन् । जसको उत्तरले सेलिब्रेटीहरु समस्यामा पर्छन् । तर उनीहरुले यो शोमा उत्तिकै मनोरञ्जन लिन्छन् ।

हालैमात्र करणको शोमा ‘द एम्पायर’ सिरिजका अभिनेता कुणाल कपुर र अभिनेत्रीद्वय डिनो मोरिया र टेलिभिजन अभिनेत्री दृष्टि धामी उपस्थित थिए । शोमा कुराकानी भइरहँदा करणले कुणालाई तीन उतपट्याङ प्रश्न सोधे । जुन प्रश्नको जवाफ कुणालले निकै गम्भीर भएर दिए ।

करणले ‘तपाईं कसको घाँती काट्न चाहनुहुन्छ ?’, ‘कोसँग विवाह गर्न चाहनहुन्छ ?’ र ‘कसलाई लक गर्न चाहनुहुन्छ ?’ भनेर सोधेका थिए । करणले पहिलो प्रश्नको उत्तरका लागि आलिया भट्ट, दीपिका पादुकोण र अनुष्का शर्माको नाम छान्न दिएका थिए । जवाफमा कुणालले ‘म आलियाको घाँटी काट्न चाहन्छु । किनकी उनी निकै प्रतिभावान छिन्’ भनी उत्तर दिएका छन् ।

कुणालले आफूले अनुष्कासँग विवाह गर्दा विराट कोहलीले आफ्नो घाँटी काटिदिने भन्दै ठट्टा गरेका छन् । दीपिकालाई चाहिँ उनी सुन्दर भएकाले आफूले उनलाई लक गर्न चाहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : १४ बजे

कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : राजेन्द्र महतो

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि

कोशीका मुख्यमन्त्रीसँग भौतिक मन्त्रीको टकराव, संघबाट गएका सचिवले २० दिनदेखि हाजिर गर्न पाएनन्

काठमाडौँ- संघीय सरकारको गत साउन २६ गतेको निर्णयअनुसार कोशी प्रदेशको

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो 

काठमाडौं– पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको छ

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध

दार्चुला– चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा तीन सातादेखि सञ्चार

१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ