‘गहना’मा नरेन र सायाको द्वन्द्व « Khabarhub

‘गहना’मा नरेन र सायाको द्वन्द्व


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ सट फिल्म ‘गहना’ एक्शन कट नेपाल युट्युब च्यानलमा रिलिज भएको छ । फिल्ममा तीजमा गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्छन् भन्ने कुरा देखाइएको छ ।

करिब ३२ मिनेटको ‘गहना’ मा गहनाका लागि पतिपत्नीको द्वन्द्व देखाइएको छ । फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई प्राथमिकता दिइएको छ । निर्देशक सुवेदीले पहिलो भागमा सस्पेन्स छोडिएको फिल्म तेश्रो भागसम्म निर्माण हुने बताए ।

फिल्ममा नरेन खड्का, साया भण्डारी र पुरन थापाको अभिनय छ । निर्देशक सुवेदीकै लेखन रहेको फिल्ममा विमल ढकालको छायांकन, विनय पौडेलको मुख्य सहायक निर्देशन, ललितसिंह साउदको सम्पादन, विनोद भुजेलको पाश्र्वसंगीत छ ।

दिलासा क्रिएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको फिल्म काठमाडौं आसपासमा खिचिएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ४५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा