अब एम्बुलेन्स चालकले तालिम लिनुपर्ने « Khabarhub

अब एम्बुलेन्स चालकले तालिम लिनुपर्ने


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ जारी गर्दै केन्द्रबाट तालिम लिएका चालकले मात्र एम्बुलेन्स चलाउन पाउने जनाएको छ । यसअघि सवारी चालक अनुमतिपत्र लिएका सबैले एम्बुलेन्स चलाउन पाउँदथे । अब सवारी चालक अनुमतिपत्र लिएको पाँच वर्ष अनुभव भएपछि मात्र एम्बुलेन्स चलाउन पाउनेछन् ।

एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ वा ‘ख’ वर्ग हुनुपर्ने र सबै एम्बुलेन्स अनिवार्यरुपमा फोर ब्हील ड्राइभ, पावर स्टेरिङ, सन्पेन्सन चेन सिस्टमको हुनुपर्नेछ । ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ । क र ख वर्गको एम्बुलेन्सका लागि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट वा नर्स अनिवार्यरुपमा राख्नुपर्ने र ती स्वास्थ्यकर्मीले अनिवार्यरुपमा तोकिएको तालिम लिएको हुनुपर्ने उल्लेख छ ।

यस्तै हरेक एम्बुलेन्समा जिपिएस अनिवार्य जडान गर्नुपर्नेछ । सबै एम्बुलेन्स अनिवार्यरुपमा एउटै नम्बरबाट तथा एप्लिकेशनबाट सर्वसाधारणले सेवा पाउने सक्नेगरी प्रेषण केन्द्रमा आबद्ध हुनुपर्ने छ ।

यस्तै एम्बुलेन्स चालक र एम्बुलेन्समा रहने स्वास्थ्यकर्मीले आकस्मिक चिकित्सकीय प्राविधिकले गाढा गुलाबी रङ्गको ज्याकेट र गाढा निलो पाइन्ट लगाउनुपर्ने हुन्छ । यस्तै राष्ट्रिय प्रेषण केन्द्र र प्रादेशिक प्रेषण केन्द्र रहने छन् । ती केन्द्रले एम्बुलेन्समा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुका साथै एम्बुलेन्स घटनास्थलमा नपुगुञ्जेलसम्म बिरामी वा घाइतेलाई आकस्मिक प्राथमिक उपचारका लागि सहजीकरण र मार्ग दर्शन गर्ने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : ४२ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव