मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार « Khabarhub

मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार

सात मन्त्री र चार राज्यमन्त्री थपिए


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशको मन्त्रिपमण्डल विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सात मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रीमण्डल विस्तार गरेकी हुन् ।

शाक्यले केशव खड्कालाई भौतिक पूर्वाधार विकास, डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् । विजय सुवेदी सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

त्यस्तै प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्री बनेका छन् । चन्द्र लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्मन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्री तथा राज्मन्त्रीले आजै शपथ लिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ०८ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै