मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार « Khabarhub

मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार

सात मन्त्री र चार राज्यमन्त्री थपिए


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशको मन्त्रिपमण्डल विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सात मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रीमण्डल विस्तार गरेकी हुन् ।

शाक्यले केशव खड्कालाई भौतिक पूर्वाधार विकास, डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् । विजय सुवेदी सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

त्यस्तै प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्री बनेका छन् । चन्द्र लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्मन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्री तथा राज्मन्त्रीले आजै शपथ लिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ०८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ