देउवापुत्र राजनीतिमा प्रवेश गर्दा कार्यकर्ताबीच कुटाकुट | Khabarhub Khabarhub

देउवापुत्र राजनीतिमा प्रवेश गर्दा कार्यकर्ताबीच कुटाकुट


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले राजनीतिमा प्रवेश गरेका छन्। जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट सदस्यता लिएका छन्।

गन्यापधुरा गाउँपालिका–१ नम्बर वडामा नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम छ। गन्यापधुरा गाउँपालिका– १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए।

देउवाका एक्ला सन्तान जयवीर राजनीतिमा आएसँगै जिल्लामा भने कार्यकताबीच कुटाकुट हुन थालेको छ। सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाएर जयवीरसहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएपछि अरु नेता तथा कार्यकर्ता आक्रोशित छन्।

नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएको छ। मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो।

सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो।

क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरुलाई दुराशयपूर्ण तरिकाले उक्साउनुका साथै गैरजिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको कांग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले बताए। डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्।

जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन् । यी दुई समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको छ। यसअघि महिला संघको विवाद पनि कुटाकुटमा परिणत भएको थियो।

क्रियासिल सदस्यता विवादका कारण गाँउ बस्तीसम्म मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रकृयागत रुपमा क्रियाशील सदस्यता वितरण गरिनुपर्ने नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए।

प्रक्रियागत ढंगले पठाइएका क्रियाशील सदस्यहरुको नविकरण गरिएको छैन भने नयाँ सदस्यताका लागि पठाइएको नामावलीसमेत फेरवदल गरि पार्टीका कार्यकर्ताको भावना विपरीत पार्टी सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्रको पालामा कमल थापा गृहमन्त्री हुँदा उनले गरेको निर्वाचन भन्दा अपारदर्शी रुपमा निर्वाचन गराउनु खोज्नु खेदजनक रहेको जिल्ला सभापति मल्लले बताए।

‘आफ्नो जिल्लामा सम्पन्न गर्नु पर्ने सातौँ जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवार पनि शेरबहादुर देउवाले नै तोक्नुहुन्छ। यसैका लागि उनी १० वर्ष जेल बस्नुभएछ, यसैका लागि उनलाई लोकतान्त्रिक पार्टीको केन्द्रीय सभापति बनाएका थिए । र, मतदाता नामावली पनि उनले नै तोक्ने काम गरेका छन्,’ उनले भने।

राणाकालमा श्री ३ हरूले आफ्ना जर्नेलहरूलाई निर्देशन दिए जस्तै निर्वाचन कमिटीलाई बालुवाटारबाट कडा निर्देशन दिएर मतदाता नामावली प्रकाशन गर्ने कार्यको घोर भर्त्सना गर्ने उनले चेतावनी दिए।

अधिवेशन स्थगित गर्ने अधिकार छैन

निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार २५ भदौमा वडा अधिवेशनको मिति तोकेका छन्। तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौँ जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।

यता नेपाली कांग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएको छ।

जिल्लामा रहेको सदस्यता विवाद समाधन नहुँदासम्म जिल्लामा अधिवेशन सञ्चालन गर्न नसकिने भन्दै जिल्ला कार्य समितिले अधिवेशनको कार्यलाई स्थगित गरेको सभापति मल्लले बताए। तर, जिल्ला सभापति मल्ल पक्षले निर्वाचन अधिकृतमाथि अनावश्यक दबाब दिन थालेपछि विवाद सुरु भएको देउवा समूहको तर्क छ। न्यूज कारखानाबाट

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ३६ बजे

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर – कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ रोकिँदैन : ह्यारिस

एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली– कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

नयाँदिल्ली– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि